युक्रेन स्कटल्याण्डसँग पराजित


६ आश्विन २०७९, बिहीबार
skysports scotland ukraine 5907223 5Kh12lzzdY

काठमाडौं । स्कटल्याण्डसँग ३-० ले पराजित हुँदा युक्रेनले युइएफए नेसन्स लिगमा पहिलो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा लेन्डन डेकेसले दुई गोल गरे । जोन म्याक्जिनले एक गोल थपे ।

खेलको ७०औं मिनेटमा जोन स्कटल्याण्डलाई १-० को अग्रता दिलाए । ८०औं मिनेटमा डेकेसले दोब्बर अग्रता बनाए । ८७ औं मिनेटमा डेकेसले तेस्रो गोल गरे ।

हारसँगै समूह बी को ग्रुप १ मा युक्रेन ४ खेलमा ७ अंक जोडेर दोस्रो स्थानमा छ । स्कटल्याण्ड चार खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७