युरोपमा ग्यास संकट : युनिपरलाई राष्ट्रियकरण गर्ने जर्मनीको तयारी


६ आश्विन २०७९, बिहीबार
gas hub austria 0509 exlarge 169
सांकेतिक तस्वीर

वर्लिन । जर्मनीले युक्रेन युद्धबीच ऊर्जा आपूर्ति सुरक्षित गर्ने प्रयासमा ग्यास कम्पनी युनिपरलाई राष्ट्रियकरण गर्ने भएको छ । यो सम्झौताले जर्मन सरकारले ८ दशमलब ५ अर्बको लागतमा कम्पनीको ९८ दशमलब ५ प्रतिशत हिस्सेदारी लिनेछ ।

जर्मनी रुसी ग्यासको युरोपको सबैभन्दा ठूलो आयातकर्ता हो र रसियाले हालैका महिनाहरूमा आपूर्ति घटाएकोले ग्यास अभाव भएको छ । सम्झौताले युनिपरको ऊर्जा आपूर्तिकर्ताको भूमिकालाई मद्दत गर्ने युनिपरका प्रमुख कार्यकारी क्लाउस-डिएटर माउबाचले बताए ।

मर्मत गर्ने भन्दै रुसको मुख्य ग्यास कम्पनी गाजप्रोमले मुख्य पाइपलाइन नोर्ड स्ट्रिम १ मार्फत हुने ग्यास निर्यात रोकेको थियो । रुसले युक्रेनमा आक्रमण गर्नुअघि युरोपलाई यसको ४० प्रतिशत प्राकृतिक ग्यास आपूर्ति गरेको र बिस्तारै आपूर्ति कटौती गरेर पश्चिमी प्रतिबन्धको बदला लिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७