भारतबाट घर फर्केकै दिन श्रीमतीको हत्या, छोरा-छोरी घाइते


६ आश्विन २०७९, बिहीबार
sherbahadur namjali

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका-५ की ३२ वर्षीया ललिता नामजाली मगरको बुधबार राति हत्या भएको छ । उनको हत्या भारतको रोजगारीबाट फर्केकै दिन श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीका अनुसार हत्या गरिएको अवस्थामा ललिताको शव बिहीबार बिहान भेटिएको हो । उनकी १७ वर्षीया छोरी लक्ष्मी नामजाली मगरमाथि पनि धारिलो हतियार प्रहार गरिएको र हाल गम्भीर घाइते अवस्थामा उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।

छोरा विजय नामजाली भने सामान्य घाइते छन् । घटनापछि फरार शेरबहादुरलाई पक्राउ गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७