‘जेब्राक्रस’ मै बसले ठक्कर दिँदा ६ वर्षीय विद्यार्थीको मृत्यु

धादिङको गजुरी तनावग्रस्त


६ आश्विन २०७९, बिहीबार
7 Shares
Gajuri11663829534

काठमाडौं । धादिङको गजुरीमा बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । उक्त दुर्घटनामा ६ वर्षीय विद्यार्थीको मुत्यु भएको हो ।

काठमाडौंबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले स्थानीय आदर्श माविमा कक्षा १ मा पढ्ने ६ वर्षीय विजय परियारलाई ठक्कर दिएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार जेब्राक्रसिङबाट बाटो काट्दै गर्दा बसले ठक्कर दिएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘दुईतिर बाटो अवरुद्ध छ । विद्यार्थीहरुले ठक्कर दिने गाडी जलाएका छन्’, उनले भने, ‘जनपथ र सशस्त्र प्रहरी खटाइएको छ ।’ विद्यार्थी र मृतकका आफन्तले पृथ्वी राजमार्गमा विरोध प्रदर्शन गरिरहेका छन् । जिल्लाबाट वास्तविक घटनाको सबै विवरण संकलन गर्न टोली पठाइएको प्रशासनले जनाएको छ ।

ncll 2
jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७