खाँदबारी नगरपालिका तत्कालीन प्रशासकीय अधिकृत निरौलासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


६ आश्विन २०७९, बिहीबार
Akhtiyar

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार निरौला सहित ६ जना विरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।

जिल्लाको खाँदबारी नगरपालिका ६ स्थित हिगुवा महानन्द चोक हुँदै थलेडाँडा–बर्खेडाँडा सडक निर्माणका लागि आव २०७४/७५ मा विनियोजित बजेटकाे काम नै नगरी हिनामिना गरेको आरोपमा अख्तियार मुद्दा दायर गरेको हो ।

जिल्लाको खाँदबारी नगरपालिका ६ स्थित हिगुवा महानन्द चोक हुँदै थलेडाँडा-बर्खेडाँडा सडक निर्माणका लागि आव २०७४/७५ मा विनियोजित ३ लाख ७४ हजार १ सय २७ रुपैयाँ बजेट काम नै नगरी हिनामिना गरेको आरोपमा अख्तियारले प्रमुख प्रशासकीय अधिकृत निरौला, इन्जिनियर सुरज श्रेष्ठ र सब-इन्जिनियर मनोजकुमार चापागाई तथा उपभोक्ता समिति अध्यक्ष भुवननाथ अधिकारी, सचिव गोपालबहादुर थापामगर र कोषाध्यक्ष मेनुका तामाङविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार सडक निर्माण नै नगरी उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको नक्कली विवरण तयार पारेर रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको छ । काम नगरी नापी किताब, स्वीकृत सम्झौता, बैंक स्टेटमेन्ट, बिल भरपाइका नक्कली कागजात बनाएर रकम भुक्तानी भएको खुलेको छ । भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान हुँदा उक्त निर्माण कार्यमा नभएको काम भए गरेको हो भनी नापी किताब, स्वीकृत सम्झौता, बैङ्क स्टेटमेन्ट, बिल भरपाईसमेतका आधारमा रु, ३,७४,१२७।६६ नभए नगरेको काममा समेत बढी भुक्तानी लिनेरदिने कार्यमा संलग्न निम्न व्यक्तिहरुउपर निम्नानुसारको कसुरमा सजायको मागदाबी लिइएको छ ।’

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष अधिकारी, सचिव थापामगर र कोषाध्यक्ष तामाङविरुद्ध पनि ३ लाख ७४ हजार १ सय २७ रुपैयाँ बिगो कायम गरी बिगो बराबर नै जरिवाना गर्नुपर्ने मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७