अन्तिम जीवित खमेररुज नेताको अपिल कम्बोडियाली अदालतले उल्टाइ दियो


६ आश्विन २०७९, बिहीबार
AP22265155183562 1

काठमाडौं । कम्बोडियामा खमेररुज शासनकालमा भएको नरसंहारको अनुसन्धान गर्न गठित संयुक्त राष्ट्र संघीय अदालतले ९१ वर्षीय खमेररुज नेता खिएउ साम्फानको फैसलालाई कायम गरेको छ । साम्फान खमेरुजका अन्तिम जीवित नेता हुन् । खमेररुजहरुको कठोर शासन ढलेको झण्डै ४० वर्षभन्दा बढी समयपछि सो शासनका अन्तिम जीवित नेताविरुद्ध कारबाही गरिएको हो ।

‘एक्ट्राओडिनर च्याम्सिर इन द कोर्ट अफ कम्बोडिया अर्थात कम्बोडियाली अदालतभित्रको असाधारण कक्ष (ईसीसीसी)’ को नामले चिनिने यस न्यायिक इकाइले ९१ वर्षीय साम्फानको अपीललाई अस्वीकार गर्‍यो । सम्भवतः यो यस विशेष अदालतको अन्तिम फैसला हुने अपेक्षा गरिएको छ ।

खमेर रुजको संस्थापक राज्य प्रमुख खिएउ साम्फानलाई सन् २०१८ मा मानवताविरुद्धको अपराध र जेनेभा महासन्धिको गम्भीर उल्लङ्घन र जातीय अल्पसंख्यक भियतनामीहरूको नरसंहारमा दोषी ठहर गरिएको थियो । खमेर रुज शासनमा २० औं शताब्दीमा सबैभन्दा क्रुर नरसंहारमध्ये एक भएको थियो ।

चार वर्षे शासनमा सामुहिक मृत्युदण्ड, भोकमरी र श्रम शिविरहरूमा कठोर अवस्थामा रहनुपरेकाले १५ लाखदेखि २० लाख मानिसहरू मारिएका थिए । सन् १९७९ मा छिमेकी कम्युनिष्ट मुलुक नै रहेको भियतनामले आक्रमण गरेर सो शासन अपदस्थ गर्दासम्म कम्बोडियाको लगभग २५ प्रतिशत जनसंख्याको मृत्यु भइसकेको थियो ।

खमेररुजको शासनमा झण्डै २० हजार भियतनामी जाति र १ लाखदेखि ५ लाख बीचमा चाम मुस्लिमी मारिएका थिए । खिएउ साम्फानले आफूविरुद्धको अदालती सुनुवाई हेड फोनमार्फत सुनेका थिए । उनले अदालतको फैसलामा प्रक्रियागत त्रुटिपूणर् भएको प्रतिक्रिया दिएका थिए । उनको पुनरावेदन खारेज भयो र आजीवन कारावासको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७