फ्लोरिडामा बियरका कारण राजमार्ग अवरुद्ध


७ आश्विन २०७९, शुक्रबार
1 beer spilled in usa1663868638

न्युयोर्क । फ्लोरिडा राजमार्ग बियरका कारण केही समय अवरुद्ध भएको छ । बियर बोकेका सेमी ट्रेलर सडकको छेउमा राखिएको ट्रकमा ठोक्किएपछि सबै लेन बन्द भएका हुन् ।

फ्लोरिडा राजमार्ग गस्तीले घटनास्थलमा खिचेका तस्बिमा यति धेरै बियर बक्सहरू र क्यानहरू देखाउँछन् कि सडक मुश्किलले देख्न सकिन्छ । तर, केही घण्टापछि ति क्यान र बक्स हटाएर राजमार्ग पुनः सञ्चालनमा आएको थियो । दुर्घटनामा मानिसहरुलाई भने सामान्य चोटपटक मात्रै लागेको बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

टम्पा बे टाइम्सका अनुसार बुधबार बिहान व्यस्त राजमार्गमा दुईवटा सेमी-ट्रेलर दुर्घटनामा परेका थिए । पिकअप ट्रकसहित थप दुई सेमी-ट्रेलरहरू मद्दतको लागि तानिएको थियो । त्यही बेला बियर बोकेको पाँचौं सेमी-ट्रेलर पार्क गरिएका गाडीहरूमा ठोक्किएको थियो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७