अवहेलनाका मुद्दा टार्न आत्मालोचना


७ आश्विन २०७९, शुक्रबार
imran khan

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले न्यायिक अधिकारीको आलोचना गरेकोमा माफी मागेको उनका वकीलले बिहीबार बताएका छन् । अन्तर्राष्ट्रिय प्रसिद्ध क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानलाई गत अप्रिलमा अविश्वासको प्रस्तावमार्फत सत्ताच्युत गरिएको थियो तर उनले आफ्नो पुनरागमनको योजना बनाइरहरेका छन् ।

बिहीबार उनी इस्लामाबाद उच्च अदालतमा उपस्थित भएका थिए, जहाँ उनले आफ्नो एक निकट सहयोगीलाई हिरासतमा लिएपछि दिएको टिप्पणीका लागि माफी माग्न नसके अदालतको अवहेलनाको अभियोग लगाइने खतरा थियो ।

‘सबैले अदालतको सम्मान गर्नुपर्छ र आज उनले यही देखाउनु भएको छ’, पूर्व प्रधानमन्त्री खानका वकिल फैजल चौधरीले एएफपीसँग भने । चौधरीले भने, ‘यदि उनले कानुनी रूपमा केही गल्ती गरेमा त्यसका लागि माफी माग्नु हुन्छ । अब अवहेलना मुद्दा फिर्ता हुने सम्भावना धेरै छ ।’ पाकिस्तानका अदालतहरूलाई प्रायः सांसदहरूलाई थकाऊ र लामो समयसम्म घुमाउरो कार्यवाहीमा बाँध्न प्रयोग गरिन्छ जुन अधिकार अनुगमनकर्ताहरूले राजनीतिक विपक्षलाई दबाउन प्रयोग हुने गर्छ भनी आलोचना गरिने गरेको छ ।

खानले पत्रकारसँगको कुराकानीमा भने, ‘मेरो लडाई पाकिस्तानको न्यायपालिकासँग होइन । अहिले म वास्तविक स्वतन्त्रताका लागि युद्ध लडिरहेको छु ।’ खानका वकीलले यो मुद्दा प्राविधिक रूपमा अझै सक्रिय रहेको र उनले औपचारिक रूपमा ‘क्षमायाचना-पत्र’ पेश गर्ने बताएका छन् ।

यदि उनलाई अदालतको अवहेलनाको अभियोगमा दोषी ठहर गरियो भने पाकिस्तानको संविधानले खानलाई आगामी पाँच वर्षका लागि पद धारण गर्न अयोग्य ठहर्‍याउन सक्छ । पाकिस्तानमा सन् २०२३ को अन्त्यसम्ममा आम निर्वाचन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७