एक लाख १५ हजार म्यादी प्रहरीको मागमा दुई लाख ३२ हजार ८८ आवेदन

कुन प्रदेशबाट कति पर्‍यो आवेदन ?


७ आश्विन २०७९, शुक्रबार
myadi

काठमाडौँ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा मागभन्दा दोब्बर बढीले आवेदन परेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै एक लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा दुई लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

आवेदन दिने म्याद हिजो सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिनुभयो । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कणर्ाली प्रदेशमा परेको छ ।

प्रवक्ता राईका अनुसार मधेस प्रदेशबाट ६६ हजार ८८४, वाग्मतीबाट २१ हजार १०६, गण्डकीबाट १५ हजार ९०९, लुम्बिनीबाट ४३ हजार ९०५, कर्णालीबाट १४ हजार ९३६, सुदूरपश्चिमबाट २४ हजार ४५०, प्रदेश-१ बाट ३५ हजार ८२६ र काठमाण्डौ उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् । दरखास्त दिने सबैलाई आज सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ ।

पर्सि ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट एक लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९६० रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७