समिट लघुवित्तको संस्थापक शेयर बिक्रीमा


७ आश्विन २०७९, शुक्रबार
SUMMIT LAGHUBITTA

काठमाडौं । समिट लघुवित्तले आजदेखि संस्थापक शेयर धनीहरुको नाममा रहेको २२ हजार २१५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यसमा लघुवित्तका विद्यमान संस्थापक शेयर धनीले आवेदन दिन सक्ने छन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले शुक्रबाट ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा-१०, काभ्रेपलाञ्चोकमा सेयर मूल्य र संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।
उक्त समयभित्र कुनै पनि संस्थापकबाट निवेदन प्राप्त नभए अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७