ग्यांग खोलामा दुई बालकको शव फेला


७ आश्विन २०७९, शुक्रबार
death
सांकेतिक तस्वीर

बर्दिया । बर्दियाको बासगढी नगरपालिका-९ माछागढका दुई बालक मृत फेला परेका छन् । शव ग्यांग खोलामा शुक्रबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अबेरसम्म घर नआएपछि राति १० बजे पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बिहान खोजी गर्ने क्रममा ग्यांग खोलामा ९ वर्षीय विकल्प विक र ७ वर्षीया रोशन खत्रीको शव फेला परेको बताए ।

उनीहरू खोलामा नुहाउने क्रममा डुबेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक शाहीले जनाए । उक्त घटना सदरमुकाम गुलरियादेखि करिब २० किमी उत्तर पूर्वमा पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७