जलविद्युत् आयोजना बनेसँगै जग्गाको भाउ महँगियो


७ आश्विन २०७९, शुक्रबार
dordi

लमजुङ । कुनै बेला कौडीको मूल्यमा नबिक्ने झाडीले ढाकेका जग्गाको मूल्य जलविद्युत् आयोजना निर्माणको क्रमसँगै बढ्दै गएको छ । दोर्दीखोलामा जलविद्युत् आयोजना बनेसँगै जग्गाको भाउ बढ्न थालेको हो ।

उत्पादन लिन नसकेका जग्गा पनि जलविद्युत् आयोजनालाई चाहिँदा र चित्तबुझ्दो मूल्य आएपछि आयोजनालाई जग्गा बिक्री गरेर पनि स्थानीय बासिन्दाले अन्य क्षेत्रमा लगानी गर्न पाएका छन् । आयोजना प्रभावित क्षेत्रका स्थानीयले सन्तोषजनक मूल्य पाएसँगै सदरमुकामलगायत अन्य सहरहरूमा समेत घरजग्गालगायत क्षेत्रमा लगानी गरेका छन् ।

मालपोत कार्यालयले निर्धारण गरेभन्दा पनि स्थानीयको चलनचल्तीको भाउमा महँगो मूल्यमा जग्गा बिक्री गरेको दोर्दीका स्थानीय गोरे गुरुङ बताउँछन् । उनी भन्छन्, ‘उब्जाउ नहुने, कैयौं वर्षदेखि बाँझो रहेका जग्गा समेत आयोजनाले राम्रो मूल्य दिएर खरिद गरेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७