विश्वभर प्रेमगीत ३ प्रदर्शन, मुम्बईको विशेष शोमा खुलेका प्रदीप र क्रिस्टिना {फोटो फिचर}


७ आश्विन २०७९, शुक्रबार
preem geet 3 10

काठमाडौं । नेपाली चलचित्र प्रेमगीत ३ शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । नेपाल, भारतसहित विभिन्न देशमा एक साथ प्रदर्शनमा आएको प्रेमगीत ३ मा दर्शकको उत्साहजनक सहभागिता रहेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए ।

शुक्रबारबाट प्रदर्शनमा आएको प्रेमगीत ३ को बिहीबार राति भारतको मुम्बईमा विशेष शो गरिएको थियो । विशेष शोमा प्रेमगीत ३ का अभिनेता प्रदीप खड्का र अभिनेत्री क्रिस्टिना गुरुङ आकर्षक पहिरनमा सहभागी थिए । साथै अभिनेत्री निरुता सिंह पनि उक्त शोमा सहभागी थिइन् ।

शुक्रबारबाट भारतमा प्रेमगीत ३ हिन्दी भाषामा प्रदर्शनमा आएको हो । नेपालमा पनि घटस्थापनको दिन १० असोजदेखि हिन्दी भाषामा रहेको प्रेमगीत ३ प्रदर्शनमा आउने निर्देशक सेनले बताए ।

भारतमा प्रेमगीत ३ लाई जी-म्युजिक, यूएफओ र मधु इन्टटेनमेन्टले प्रदर्शन गरेको हो । प्रदीप, क्रिस्टिनाको मुख्य भूमिका रहेको प्रेमगीत ३ मा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ ।

preem geet 3 8
preem geet 3 9
preem geet 3 11
preem geet 3 6
preem geet 3 7
preem geet 3 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७