सिट बाँडफाँटमा प्रचण्ड, माधव र उपेन्द्रको ‘मोर्चाबन्दी’


७ आश्विन २०७९, शुक्रबार
prachanda madhav upendra

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटाउन सकस परिरहेका बेला गठबन्धनकै दल नेपाल कांग्रेस बाहेक तीन दलका शीर्ष नेताहरूबीच छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच सिट बाँडफाँटका विषयमा छलफल भएको हो ।

गठबन्धनमा ठूलो दल नेपाली कांग्रेसले सिट बाँडफाँटमा बढी सिट लिने अडान लिएपछि प्रचण्ड, नेपाल र यादवले मोर्चाबन्दी गरेर छलफल गरेका हुन् । गठबन्धनमा करिब दुई महिना अगावै चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटको टुंगो लागेको छैन ।

‘गठबन्धनमा सिटको बाँडफाँट मिल्न सकेको छैन । त्यहीबारे तीन दलका अध्यक्षहरूबीच छुट्टै छलफल भयो,’ जसपाका एक नेताले भने, ‘गठबन्धनमा दलहरूबीचको सिट बाँडफाँटमा तीन दलले लिने अडान र सहमतिका सम्भावनाहरूबारे कुराकानी भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७