यी हुन् प्रधानमन्त्रीले नचिनेका माओवादी मन्त्री


३१ आश्विन २०७४, मंगलवार
mithila chaudhari मिथिला चौधरी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट बनेका सबै मन्त्रीलाई विनाविभागिय बनाएका छन् । मङ्गलवार प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई विनाविभागीय बनाइएका हुन् ।

mithila chaudhari मिथिला चौधरी
जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरी ।

उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनार्दन शर्मा, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत, आपूर्ति मन्त्री शिवकुमार मण्डल, उर्जामन्त्री महेन्द्रबहादुर शाही र महिला मन्त्री आशा कोइराला विनाविभागीय मन्त्री बन्दा जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरी भने जिम्मेवारसहितको मन्त्री नै रहेकी छन् ।

कारण हुने प्रधानमन्त्री देउवाले उनलाई नचिन्नु । चिनुन् पनि कसरी ६४ जनाको जम्बो मन्त्रीमण्डल छ । चौधरी नेकपा संयुक्तका तर्फबाट देउवा नेतृत्वको सरकारमा मन्त्री बनेकी हुन् । तर, नेकपा संयुक्त अघिल्लो साता मात्रै माओवादीमा विलय भएको थियो । पार्टी विलयसँगै चौधरी माओवादीकै मन्त्री हुन्।

त्यसैगरी पशुपंक्षी विकास मन्त्री सन्तकुमार थारुलाई पनि प्रधानमन्त्री देउवाले विनाविभागीय बनाएका छन् । प्रधानमन्त्री देउवाले राज्यमन्त्रीहरु रामसिंह यादव, श्यामकुमार श्रेष्ठ, शम्भुलाल श्रेष्ठ, कर्णबहादुर बिक, छमबहादुर गुरुङ, गोमा कुँवर र वाङदी शेर्पालाई पनि जिम्मेवारविहिन बनाउने निर्णय गरेको छ । उनीहरूको ठाउँमा नयाँ राज्यमन्त्री ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७