देश ओली कि देउवाको नेतृत्वमा अघि बढाउने मंसिर ४ गते जनमत संग्रह हुन्छ : शंकर पोखरेल


७ आश्विन २०७९, शुक्रबार
shankar pokhrel

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग देश बनाउने सामर्थ्य नरहेको बताएका छन् । उनले कसको नेतृत्वमा आगामी निर्वाचनमा जाने भनेर नेता चुन्न नसक्ने पाँच दलीय गठबन्धनसँग कुनै सामर्थ्य नरहेको बताएका छन् ।

उनले नेकपा एमालेसँग त्यो सामर्थ्य रहेको र भावी प्रधानमन्त्रीको रुपाम पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सारेको स्पष्ट पारे । ‘म सोध्न चाहन्छु- पाँच दलीय गठबन्धनको प्रधानमन्त्री को ? हामीले त केपी ओली भनेर घोषणा गरिसक्यौं,’ उनले भने, ‘जसले नेता चुन्न सक्दैन । त्यस्ताले देशको भविष्य बनाउने सामर्थ्य राख्दैन । हामीले नेता चुनेका छौं । देश बनाउने सामर्थ्य पनि हामी राख्छौं ।’

उनले पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादु्र देउवा हो भन्दै प्रश्न गरे । ‘पाँच दलीय गठबन्धनको प्रधानमन्त्री शेरबहादुर देउवा हो भने मंसिर ४ गते हुने निर्वाचनमा केपी ओली र शेरबहादुर देउवाबीच जनमत संग्रह गरौं,’ उनले भने ।

उनले धेरै दलहरुका कारण ध्रवीकरण बढ्दै गएको बता ए। जति धेरै दल त्यति धेरे ध्रुवीकरण हुने भएकाले एमालेलाई ठूलो पार्टी बनाउन आग्रह गरे । ‘हामीले देखेका छौं । जति धेरै दल त्यति धेरै ध्रुवीकरणको खतरा हुन्छ । त्यसैले अब एमालेलाई ठूलो पार्टी बनाएर देशलाई समृद्ध बनाउनुपर्छ,’ उनले भने । उनले आकाश र समुन्द्रमा नेपालको पनि हक रहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा अवधारणा ल्याएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७