मोतीबिन्दुको शल्यक्रिया गर्नुपर्ने ११ बिरामीको पहिचान


८ आश्विन २०७९, शनिबार
21 Shares
eye camp at halesi.jpg
फाइल् फोटो

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिविरमा ११४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ, खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७