काठमाडौंका सडकको दूरावस्था : कहिं खाल्डो, कहिं ढल {फोटो फिचर}


८ आश्विन २०७९, शनिबार
ktm road
कालोपुलमा ढल राखेपछि

काठमाडौँ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिस बस्ने ठाउँ, देशभरका सहरमध्ये सबैभन्दा धेरै मानिसको बसोबास गर्ने ठाउँ पनि हो काठमाण्डौ । देशको राजधानी भइसकेपछि देशभरका मानिसको पहिलो रोजाइ काठमाण्डौ हुनु पनि स्वाभाविक नै हो ।

चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना काठमाण्डौ जस्तो देशको राजधानी र प्रमुख सहरका सडकहरुको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ । कतै खाल्डाखुल्डी त कतै हिलाम्मे र धुलाम्मे बाटो ।
चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा, पुनःनिर्माणको काम समेत सरकारी निकायहरुले गर्न सकेका छैनन् ।

जमानामा बनेका सडकहरुमा बिच्छ्याइएको कालोपत्र उप्केर गइसक्यो, बाटोमा खाल्डाखुल्डी, धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँदिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ । भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस पुगेको देखिन्छ । सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरु विकासको कुरामा सवालजवाफमा नै सीमित छन् ।

चुनावका बेला बाध्यताले गरिएको कालोपत्र र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ । दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसुस गर्न प्रतिनिधिहरुले सकिरहेका छैनन् । कतै सडक भत्काएर छोडिएको छ भने कतै बीच बाटोमा नै ढलका लागि खाली ठाउँ वारपार गरेर छोडिएको छ, कतै टायर, ढुङ्गा थुपारिएको छ भने कतै बाँस रड जस्ता सामग्री छरपस्ट छन्, त कतै होर्डिङ बोर्डहरु छरपस्ट देख्न सकिन्छ । न्यूज एजेन्सी नेपाल
हेर्नुस् तस्बिरहरु

ktm road 1
खुमल्टार सडकको खाल्टो ।
ktm road 2
ढोलाहिटी सडकमा सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको सडक भासिएपछि राखिएको संकेत ।
ktm road 3
सुनाकोठी सडकमा बर्षे भेलले बनेको पोखरी ।
ktm road 4
चापागाँउ सडकको बीचमा ढल अलपत्र राखेर ढलान गरेपछि ।
ktm road 5
ललितपुरको वालकुमारी सडको डिभाइडरमा गाडी ठोक्किएर दुर्घटना भएपछि
ktm road 6
थसिखेल सडकमा अलपत्र निर्माण सामाग्री ।
ktm road 7
डिल्लीबजार सडक भत्केपछि देखिएको मंगालको ढक्कन ।
ktm road 8
ग्वार्को सडकमा फ्किएको डिभाइडर ।
ktm road 9
गोदावरी सडकखण्डको बाँडेगाँउमा ढल निर्माणको क्रममा अलपत्र अवस्थामा
ktm road 10
तीनकुने सडकमा फ्याकिएको डिभाइडर ।
ktm road 11
काठमाडौंको कोटेश्वर नजिकै चक्रपथमा सडकको बीचमा बनाइएको डे«न ।
ktm road 12

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७