अब बाबुरामजी र म मिलेर नयाँ खालको जनयुद्ध गर्छौ : प्रचण्ड


८ आश्विन २०७९, शनिबार
prachanda 6
फाइल फोटो

काठमाडौं । सत्तारु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका छन् । राजधानीमा आयोजित कार्यक्रमा अध्यक्ष प्रचण्डले अब पुरानो खालको जनयुद्ध सम्भव नभएको र समाजवादको निर्माणका लागि नयाँ खालको जनयुद्ध आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले यो जनयद्ध डा. बाबुराम भट्टराई र आफूले फेरि मिलेर लड्ने बताए । ‘बाबुरामजी मैले नै जनयुद्धमा जाने निणर्यको लेखाजोखा गरेका हौं । सोही अनुसार भएको १० वर्षको त्यो जनयुद्धले देशलाई ठूलो उथलपुथल गर्‍यो,’ उनले भने, ‘अहिले फेरि समाजवादका लागि एउटा नयाँ खालको जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं ।’

पहिलेको जनयुद्धका लागि बाबुराम र आफूले ठूलै छलफल गरेको अध्यक्ष प्रचण्डले बताए । ‘कोटेश्वर र बाबुरामजीको घरमा ठूलै छलफल गथ्र्यौ । हामीले ठूलो कमिटमेन्ट गरेका थियौं । धेरै त्यो असम्भव कुरा हो पनि भने, त्यतिखेरका ठूला पार्टीले ३ महिनामै सकिन्छन् पनि भने, हाम्रो कमिटमेन्ट धेरै ठूलो थियो,’ उनले भने ।

अहिले फेरि बाबुराम र आफूले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेको उनले बताए । जुन पुरानो खालको नहुने पनि प्रचण्डले प्रष्ट्याए । उनले भने, ‘समाजवादका लागि नयाँ जनयुद्ध पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन् । त्यो गर्ने समीक्षा गरेका छौं ।’

प्रचण्डले भने, ‘समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव पनि छैन । समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल हामीले पत्ता लगाउनु पर्नेछ ।’ प्रचण्डले कुन पार्टीले कति सिट ल्याउने त्यो महत्वपूणर् विषय नभएको बताए । उनले भने, ‘मुख्य कुरा संविधान कार्यान्वयन हो । समृद्धिको नयाँ मोडेल हामीले दिन सक्नुपर्छ । अबको दशक एक ठाउँमा केन्द्रित भएर विकासको नयाँ मोडेल दिएर संसारबाट बिदा हुने सपना हामीले बनाएका छौं ।’ प्रचण्डले आफूले एमालेसँग एकता गरेर नयाँ प्रयोग गरे पनि सफल नभएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७