रेल चढेर धनुषाको विदेह पुगे ओली


८ आश्विन २०७९, शनिबार
rr1664001576

धनुषा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरिया पुगेका छन् । शनिबार जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर तीनकोरिया गएका हुन् । तीनकोरियामा आज एमालेको पार्टी प्रवेश कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा सहभागी हुन् ओली तीनकोरिया पुगेका हुन् । ओली समय भन्दा ढिला पुगेका कारण जनकपुरबाट जयनगर गुड्ने रेल १ घण्टा ढिलो गुडेको थियो । बिहान ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७