शेखर-गगन समूहको बानेश्वरमा खबरदारी सभा : टिकट वितरणमा ४० प्रतिशत माग्ने


८ आश्विन २०७९, शनिबार
gagan Bhela.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले आज बानेश्वरमा खबरदारी सभा आयोजना गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाभनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको हो । सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा भएको हो ।

सभापति देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् । यही क्रममा दबाब दिने उदेश्यले शनिवार भेला आयोजना गरेको स्रोतको भनाइ छ । शेखर-गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता-कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७