प्रचण्ड-माधवलाई गुरुको चेतावनी : विद्रोह हुनसक्छ, कांग्रेसको भोटले जित्ने नसोंचे हुन्छ


८ आश्विन २०७९, शनिबार
guru ghimire
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूहरू विद्रोहको अवस्थामा रहेको बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित नेता डा. शेखर कोइराला समूहको खबरदारीसभामा उनले पहिला पार्टीभित्रको आन्तरिक विवाद मिल्नु पर्नेमा जोड दिए । पार्टी सभापति शेरबहादुर देउवाले आफूहरूलाई पन्छाउन खोजेको भन्दै उनले त्यसले समस्या निम्त्याउने बताए ।

guru

उनले देउवासँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई ‘विद्रोह’ हुन सक्ने चेतावनी समेत दिए । आसन्न निर्वाचनका लागि बालुवाटारमा भइरहेका बैठक र प्रचण्ड तथा नेपालले माग गरेको सिट संख्याप्रति उनको आक्रोश थियो ।

‘म हाम्रो सभापतिलाई मात्र होइन, प्रचण्डजी र माधव नेपालजीहरूलाई पनि भन्न चाहन्छु- हामी आक्रोश र विद्रोहको चरणमा छौ, बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा, सन्देश पठाउँदैमा, घण्टौं बैठक गर्दैमा मागे जति सिट पाइँदैन र पाए जति सिट जितिँदैन ।’

उनले ती दुई दललाई कांग्रेसको मतबाट निर्वाचनमा जित हासिल गर्ने सपना नदेख्न समेत चेतावनी दिए । ‘कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्‍याउनुस्’, उनले भने, ‘कांग्रेसको भोटबाट जित्ने सपना देख्नु भएको छ भने त्यो सम्भव छैन ।’ देउवासँग असन्तुष्ट समूहले उनलाई दबाब दिन खबरदारीसभा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७