डेंगुबाट ज्यान गुमाउनेको संख्या २९ पुग्यो, २२ हजार ९८८ मा संक्रमण


८ आश्विन २०७९, शनिबार
Dengu 1 scaled

काठमाडौं । नेपालमा अहिलेसम्म डेंगु संक्रमणबाट २९ जनाको ज्यान गइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अद्यावधिक विवरणअनुसार डेंगु देखिएका २९ जनाको मृत्यु भएको हो ।

२०७९ साउनदेखि हालसम्म २२ हजार ९८८ जना डेंगुको संक्रमण भएको छ । जसअन्तर्गत प्रदेश-१ मा ५९१, मधेश प्रदेशमा ३२३, बागमती प्रदेशमा १७ हजार ७३१, गण्डकी प्रदेशमा ५१५, लुम्बिनी प्रदेशमा २८ सय २१, कणर्ाली प्रदेशमा २३० र सुदूरपश्चिम प्रदेशमा ७७७ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले डेंगु रोकथामका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिएको बताएको छ । नेपालमा पहिलोपटक २०६१ सालमा डेंगु देखिएको थियो । डेंगु भाइरस ’एडिस’ जातको लामखुट्टेले सार्ने गर्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । वर्षात् सुरु भएपछि यो लामखुट्टे अत्यधिक सक्रिय बन्ने चिकित्सकहरुको भनाइ छ ।

लामखुट्टेले टोकेको एक साताभित्र यो रोगका लक्षण देखापर्ने चिकित्सक बताउँछन् । डेंगुलाई डेंगु ज्वरो, डेंगु हेमोरेजिक ज्वरो र डेंगु सक सिन्ड्रोम गरी तीन भागमा बाँड्न सकिन्छ । डेंगु हेमोरेजिक ज्वरो अलि कडा हुन्छ । डेंगु सक सिन्ड्रोम भएको व्यक्तिलाई हेमोरेजिक ज्वरोका साथै बेहोस हुने लक्षण देखिन्छ ।

डेंगु फैलाउने लामखुट्टेको आफ्नै विशेषता छ । सफा र स्थिर पानीमा वासस्थान हुन्छ । अन्य लामखुट्टे फोहरमा बसे पनि एडेस एजेप्टी र एडेस एल्बोपिक्टससवारी साधनका पांग्रा, गमला, एयर कन्डिसनर, कुलरमा जम्मा भएको पानीमा बस्ने गर्छ ।

डेंगु संक्रमण भएको ४ देखि १० दिनसम्म लक्षणहरू देखा पर्ने गर्छ । उच्च ज्वरो आउनु, आँखाको गेडी खस्लाजस्तो हुनु, वाकवाकी लाग्ने तथा बान्ता हुनु, पखाला वा पातलो दिसा हुनु, खानामा अरुचि देखिनु यसका प्रमुख लक्षण हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७