नेपालमा विदेशी दबाब र प्रभाव बढ्यो : कमल थापा


८ आश्विन २०७९, शनिबार
kamal thapa

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै अब राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बेला आएको बताएका छन् ।

आज (शनिबार) हेटौंडा-१३ पदमपोखीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मुलुकको स्वाधिनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र भ्रष्टाचार न्यूनीकरणका लागि राष्ट्रवादी शक्ति एक ठाउँमा आउनुपर्ने बताए ।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई रोज्न आग्रह गरे । मकवानपुरमा विकास निर्माणको अपुरो काम सम्पन्न गर्न आफू चुनावी मैदानमा होमिएको थापाले बताए । राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल कमजोर बनाउन खोज्ने शक्ति असफल हुने उनले टिप्पणी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७