दशैंमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यान्न अभाव हुन दिन्नौं : खाद्य कम्पनी


८ आश्विन २०७९, शनिबार
chamal 1

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दशँंलगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ ।

कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए । दशैंलगायतका चाड पर्वका असरमा दिएको छुटलाई दृष्टिगत गरी तत्कालको आवश्यकताभन्दा बढी खाद्यवस्तुको सङ्कलन गर्ने कार्यले कहीँकतै भिडभाडका घटना भएको हुनसक्ने कम्पनीको भनाइ छ ।

उनले भने, ‘आवश्यकताअनुसारको खाद्य वस्तु खरिद गरी सहयोग पुर्‍याउन कम्पनी सबै उपभोक्तासँग हार्दिक आह्वान गर्दछ ।’ उक्त संस्थाले मुलुकका ४१ जिल्लाका ४५ स्थानबाट सहुलियत दरमा चामल, दाल, तेल, नुन, चीन र गेडागुडी लगायतका गुणस्तरीय खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ ।

दशैंलगायतका महत्वपूणर् चाडका अवसरमा निजी क्षेत्रको तुलनामा अनुभव हुने गरी छुटको व्यवस्था गरिएको जनाउँदै कम्पनीले दूरदराजका जनतालाई सहजरुपमा खाद्यान्न पाउन भन्ने हेतुले विभिन्न स्थानमा बिक्री केन्द्र स्थापना गरिएको जनाएको छ ।

कतिपय दुर्गम जिल्लामा स्थानीयपालिका, वडा, आमासमूह र सहकारीसँग मिलेर सहुलियत दरमा सरल ढङ्गबाट अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन कम्पनीको प्रयास जारी छ । चाडबाडअघि नै अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन टेण्डर भई ढुवानीको काम शुरु भइसकेको जनाउँदै कम्पनीले टेण्डर नपरेका कतिपय स्थानमा भने छोटो प्रक्रियाका आधारमा हेलिकप्टरद्वारा पुर्‍याइने जनाएको छ ।

कम्पनीबाट सञ्चालन गरिएको सुपथ मूल्य पसलको बिक्री वितरण र मागको आकर्षण रहेको जनाउँदै काठमाडाैं उपत्यकालगायतका सहरमा अनलाइन मागका आधारमा घरदैलोमै सेवा दिइरहेको जनाएको छ । कम्पनीबाट उपलब्ध हुने खाद्यान्न बजारमूल्यका तुलनामा निकै सस्तो रहेको जनाउँदै उनले वर्षैभर सहुलियत प्राप्त गर्ने सोच भने त्याग्न जरुरी रहेको बताए । दशैँमा काठमाडौँ उपत्यकामा हुने खसीबोकाको बिक्री वितरणमा मूल्य सन्तुलन गर्न कम्पनीले मुलुकका विभिन्न क्षेत्रबाट खरिद गरी बिक्री वितरण गर्दै आएको छ ।

यसअघि कम्पनीले २०५८ सालसम्म चीनको तीब्बतबाट भेडा ल्याएर बिक्री वितरण गर्ने गथ्र्यो । केही वर्षअघिसम्म मनाङ र मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्दै आएकामा मुलुकमा कोरोना सङ्क्रमणको घटनापछि त्यो काम रोकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७