२०७९ असोज ९ गते आइतबारको तपाईको राशिफल

असोज कृष्ण औंसी पञ्चाङ्गः शुभ चतुष्पद उत्तर, औंसी श्राद्ध/ पितृ विसर्जन/विश्व फार्मासिस्ट दिवस


९ आश्विन २०७९, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कामको सन्दर्भमा आउने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने छ । सजिलै अरूको मन जित्न पनि सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्ने छ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहने छ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गोप्य सूचना बाहिरिनाले समस्या आउने छ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज शरीरमा कमजोरी अनुभूति हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, तर साँझमा भने मनमा हर्ष र प्रसन्नता छाउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुशी हुने समाचार दिन सकिन्छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७