स्पेन स्तब्ध, पोर्चुगलको सहज जित


९ आश्विन २०७९, आईतवार
portugal fF49SS6VS1

काठमाडौं । युइएफए नेसन्स लिग अन्तर्गत ‘ए ग्रुप’ २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले शानदार जित निकालेको छ ।

स्वीट्जरल्याण्डले स्पेनलाई २-१ ले पराजित गर्‍यो । स्वीट्जरल्याण्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल । जितसँगै स्वीट्जरल्याण्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्‍यो । पोर्चुगलको शानदार जितमा डिएगो डालोटले दुई गोल गरे । यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे । पोर्चुगल १० अंक जोडेर शीर्ष स्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७