हालान्डले गोल गरे पनि नर्वे पराजित


९ आश्विन २०७९, आईतवार
haland1664073983

काठमाडौं । इर्लिङ ब्राउट हालान्डले गोल गरे पनि नर्वे शनिबार राति यूईएफए नेसन्स लिगमा स्लोभेनियासँग २-१ ले पराजित भएको छ ।

२२ वर्षे हालान्डले २०२२/२३ को नेसन्स लिग ‘बी’ समूह-४ मा ५ खेलमा ६ गोल गरिसकेका छन् । हालान्डले नर्वेबाट २२ खेलमा २१ गोल गरिसकेका छन् । हालान्डले जारी सिजन म्यानचेस्टर सिटीबाट १० खेलमा १४ गोल गरिसकेका छन् । उनी जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट यसै सिजन इङ्लिस प्रिमियर लिगको सिटीमा अनुबन्ध भएका थिए ।

४७ औँ मिनेटमा हालान्डले गरेको गोलबाट नर्वेले अग्रता लिएको थियो । तर, एन्ड्रेज स्पोररले ६९ र बेन्जामिन सेस्कोले ८१ औँ मिनेटमा गोल गरेपछि स्लोभेनिया २-१ ले विजयी हुन सफल भयो ।

पराजित भएपछि नर्वेको अघिल्लो लिगमा उक्लने सम्भावना पनि कमजोर बनेको छ । हारका बाबजुद नर्वे ५ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा कायम छ । जुन दोस्रो स्थानको सर्वियासँग बराबरी अंक हो । नर्वेले अब मंगलबार राति सर्वियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेलमा नर्वेले कम्तिमा बराबरी गर्नुपर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७