ऋचा र अलीको विवाहमा मोबाइल प्रतिबन्ध नहुने


९ आश्विन २०७९, आईतवार
richa

मुम्बई । बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग लामो समयदेखि डेट गरिरहेकी थिइन् । अब यो जोडी आगामी अक्टोबर ४ मा वैवाहिक जीवनमा बाँधिदै छन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरुले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।

दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निणर्य लिएका हुन् । उनीहरु आफ्नो विवाहमा पाहुनाले चित्त बुझुञ्जेल तस्वीर खिचुन् भन्ने चाहन्छन् ।

उनीहरुको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ । नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरुको विवाहको तीन दिनको कार्यक्रम हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७