मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु


९ आश्विन २०७९, आईतवार
death
सांकेतिक तस्वीर

कैलाली । कैलालीको टीकापुर नगरपालिका-२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन् ।

मृत्यु हुनेमा सोही नगरपालिका-२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ । से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो । मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टीकापुर कैलालीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७