प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै


९ आश्विन २०७९, आईतवार
Satta gathabandhan meeting Thrusday

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक आज (आइतबार) पनि बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ । सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो ।

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको हो ।

सत्तारुढ दलहरु महिना दिन भन्दा बढी समयदेखि सिट बाँडफाँटमा जुटेको भए पनि ठोस खाँका अझै बन्न सकेको छैन । बढी सिट लिन एकले अर्कालाई दवाव दिने रणनीतिका कारण अझै सिट बाँडफाँटमा सहमति जुट्न नसकेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७