प्रदेश १ को मुख्यन्यायाधिवक्तामा परिवर्तन राई नियुक्त


९ आश्विन २०७९, आईतवार
462 Shares
pradesh 1 20220925132115

विराटनगर : प्रदेश-१ सरकारको मुख्य न्यायाधिवक्तामा खोटाङका परिवर्तन राई नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले राईलाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्ता रहेका भोजराज श्रेष्ठले राजीनामा दिएपछि मुख्यमन्त्री राईले परिवर्तनलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

नेपालको संविधानको धारा १६० को उपधारा(२) बमोजिम नियुक्त मुख्यन्यायाधिवक्ता राईलाई आज प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा उच्च अदालत विराटनगरका कायम मुकायम मुख्यन्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनियताको शपथग्रहण गराएका छन् ।

ncll 2

खोटाङ जिल्ला साकेला गाउँपालिका वडा नं. २, रतन्छामा वि.सं. २०३५ वैशाख १ गते जन्मिएका नवनियुक्त मुख्यन्यायाधिवक्ता राई हाल बुढानीलकण्ठ नगरपालिका वडा नं. ९ सुकेधारामा बस्दै आएका छन् ।

jagdamba.cement

मुख्यन्यायाधिवक्ता राईले आइतबार नै पदभार सम्हालेका हुन् । २० वर्षदेखि कानुन व्यसायीको रुपमा काम गरिसकेका राईले एमएलसम्मको अध्ययन गरेका छन् । खोटाङको साकेला गाउँपालिका-२ स्थायी घर भएका राई नेकपा एस निकट कानुन व्यवसायी हुन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७