सवारी दुर्घटनामा ६ जनाको मृत्यु


९ आश्विन २०७९, आईतवार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । काठमाडौंको काठमाडौं महानगरपालिका-३ बसुन्धारास्थित सडकमा बा.२ ज ११९२ नम्बरको ट्याक्सीले बा.९१ प ५४०३ नम्बरको स्कुटरलाई गएराति ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक प्रहरी प्रभाग तिलिङ्गेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका उनको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तुलसीपुरपालिका-६ स्थित सक रा.१ प ८६२३ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दंगिशरण गाउँपालिका-४ वैवाङ बस्ने ५९ वर्षीय शलिकराम वली रहेका छन् । ठक्करबाट गम्भीर घाईते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसासाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका-४ बुड्डीस्थित सडकमा ना.७ ख ५९५९ नम्बरको बस र ना.५ ख ६५६५ नम्बरको ट्रक ठोक्किँदा शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसमा सवार प्युठान मलारानी गाउँपालिका-२ बस्ने २५ वर्षीया बिमला पुन मगर रहेकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका २५ जना उपचार पश्चात डिश्चार्ज भएका छन् । ट्रक चालक समेत अन्य ६ जनाको जिल्ला अस्पताल तौलिहवा हुँदै थप उपचारको लागि चौराहा अस्पताल बुटवलमा पठाइएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहाको धनगढीमाई नगरपालिका-१२ सिमलटोकीमा प्रदेश २-०१-००१ त १७७२ नम्बरको ट्रयाक्टर शनिबार दुर्घटना हुँदा ट्रयाक्टरमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय शंकर रामको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको उपचारको लागि श्रमजिवी अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । हाल फरार रहेका ट्रयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । कैलालीको टिकापुर नगरपालिका-२ कोठारपुरमा से.६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट शनिबार साईकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-२ विजयनगर शिविर बस्ने ७० वर्षीय भोकारी थारु रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई टिकापुर अस्पताल हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका-२ भद्रकाली मन्दिर नजिक सडकमा प्रदेश २-०१-०३ प ११०० नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी हनुमाननगर नगरपालिका-४ भारदह बस्ने २२ वर्षीय कैलाश मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७