‘गुण्डा नाइके’ गणेश लामा काभ्रेबाट कांग्रेसका उम्मेदवार


३१ आश्विन २०७४, मंगलवार

काभ्रे : गुण्डा नाइके’ गणेश लामा नेपाली कांग्रेस काभ्रेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार बन्ने भएका छन् । लामा काभ्रे क्षेत्र नम्बर १ बाट नेपाली काग्रेसको उम्मेदवार हुने भएका हुन् । उनी पार्टी एकतापछि विजयकुमार गच्छदार नेपाली कांग्रेसकामा गएका थिए ।

Ganesh lama

लामाले पार्टी एकता भए कै दिन पनौती पुगेर लामाले तिर्थ लामा काग्रेसबाट सर्वसम्मत भएपनि अब आफ्नो पार्टी पनि काग्रेसमा समाहित भए पछि टिकट आफुले ल्याउने घोषणा गरेका हुन् । तिर्थ लामा यसअघि दोस्रो संबिधानसभामा सोही निर्वाचिन क्षेत्रबाट विजयी भएका छन् ।

सोमबार बालुवाटारमा भएको एकता सभामा समेत उनी पुगेका थिए। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा बसेको आसनभन्दा ठिक पछाडि बसेका थिए। लामा गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य हुन्। दोस्रो संविधानसभा चुनावमा उनी फोरम लोकतान्त्रिकका लागि काभ्रेबाट उम्मेदवारी दिएका थिए।

Ganesh Lama

उनी विरुद्ध ३ वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अपराधिक गतिविधिबाट पैसा कमाएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अझै विचाराधिन छ। लामा सुरूमा बाउन्सर थिए। त्यसपछि दीपक मनाङेसँग ठमेलक्षेत्रमा ‘गुण्डागर्दी’ सुरू गरे। मनाङे जेल परेपछि उनले काभ्रेली समूह बनाए। प्रहरीले निकै दुस्ख दिन थालेपछि उनी पाँच वर्ष अघि गच्छदारको पार्टीमा छिरेका हुन्। त्यसयता उनलाई गच्छदारले नै संरक्षण गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७