गाविस सचिवसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


९ आश्विन २०७९, आईतवार
Akhtiyar

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव रामरतन मण्डलसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैैै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस-२ हाल औरही गाउँपालिका-६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन् ।

दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ । विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७