भारतबाट दुई महिनामै नेपाल भित्रियो ४१ अर्ब बढीको डिजेल, पेट्रोल र ग्यास


९ आश्विन २०७९, आईतवार
oil
फाइल फोटो

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को शुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात गरेको हो । सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको छ ।

बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी ग्यास नेपाल आएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ)मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतबाट १० अर्ब ५२ करोड ३५ लाख ३८ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७