शेयर बजारमा करिब २४ अंकको गिरावट


९ आश्विन २०७९, आईतवार
share market 1

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार आठ सय १५ दशमलब १३ मा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ८३ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलब ६० मा सीमित भएको छ । कूल दुई सय २८ कम्पनीको ४० लाख १४ हजार चार सय १९ कित्ता सेयर एक अर्ब सात करोड २४ लाख ८० हजार ९७ मूल्यमा खरिद बिक्री भएको छ ।

यस्तै, कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा पनि गिरावट आएको छ । आइतबारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब आठ अर्ब तीन करोड ४६ लाख ९६ हजार आठ सय ६६ बराबर रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७