भयावह बन्दै डेंगुको ‘प्रकोप’ : एकैदिन १ हजार ५०४ जना संक्रमित, २९ जनाको मृत्यु


९ आश्विन २०७९, आईतवार
Teku Hospital 5 scaled 1

काठमाडौं : पछिल्लो २४ घण्टामा डेंगुका कारण एक हजार पाँच सयभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार साँझसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । शनिबारसम्म २२ हजार ९८८ जनामा डेंगु संक्रमण भएको थियो ।

नेपालमा डेंगुबाट २९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको हो ।

यस्तै नेपालमा साढे २४ हजार जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गएको साउनदेखि हालसम्म देशभर २४ हजार ४ सय ९२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सवैभन्दा बागमती प्रदेशमा १९ हजार रहेका छन् । यस्तै लुम्बिनीमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५३७, मधेश प्रदेशमा ३ सय २३, कर्णालमा २ सय ३० जनामा संक्रमण देखिएको छ । त्यसैगरी डेंगु संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७