२०७९ असोज १० गते सोमबारको तपाईको राशिफल

असोज शुक्ल प्रतिपदा पञ्चाङ्गः शुक्ल किंस्तुघ्न उत्तर, घटस्थापना / नवरात्र आरम्भ/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस


१० आश्विन २०७९, सोमबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउने छ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्‍याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज अधुरा र रोकिएको काम दोहोर्‍याएर गर्दा फाइदा हुन सक्नेछ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नु पर्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्ने छ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सामाजिक सेवा गर्ने अवसरले मान प्रतिष्ठा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
एउटै कामबाट दोहोरो लाभ मिल्ने छ बन्धुबान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७