इरानमा शुरु भएको हिजाबविरोधी प्रदर्शन फ्रान्स र बेलायतमा पनि फैलियो


१० आश्विन २०७९, सोमबार
14 Shares
iran hijab

पेरिस । इरानमा शुरु भएको हिजावविरोधी प्रदर्शन विस्तारै अन्य देशमा पनि फैलिन थालेको छ । इरान सरकारको विरोधमा फ्रान्सको राजधानी पेरिसमा सयौँ मानिस प्रदर्शनमा उत्रिएका छन् । पेरिसमा रहेको इरानको दूतावासतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले टियर ग्यास र लाठी प्रहार गरेको थियो ।

त्यस्तै, लन्डनस्थित इरानी दुतावासको रक्षामा राखिएको अवरोध हटाउन खोज्न प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ भने केही प्रदर्शनकारी पक्राउ परेका छन् । आचरणसम्बन्धी प्रहरीको पक्राउपछि हिरासतमै मृत्यु भएकी एक युवतीको विषयलाई लिएर १० दिनदेखि इरानमा सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । प्रहरीसँगको झडपमा दर्जनौ प्रदर्शनकारीको मृत्यु भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

हिरासतपछि तीन दिन कोमामा रहेकी २२ वर्षीया कुर्द महसा अमिनीको मृत्यु भएको थियो । खुकुलो हिजाब लगाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । यसबीच, महिलाहरुले लगातार १० औं रात इरानका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।

jagdamba.cement

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७