इटालीले पाउँदैछ पहिलो महिला प्रधानमन्त्री


१० आश्विन २०७९, सोमबार
Italy pm candidate

रोम । इटाली सम्पन्न चुनावमा अति दक्षिणपन्थी पार्टी ब्रोदर्स अफ इटाली विजयउन्मुख छ र सो पार्टीकी नेतृ जर्जिया मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटोमा छन् । निर्वाचनपछिको मत सर्वेक्षणहरुले उनको पार्टी विजयउन्मुख देखाएका हुन् ।

कन्सोर्जियो ओपिनियो इटालिया पुल फर राइको मत सर्वेक्षणअनुसार दक्षिणपन्थी गठबन्धनले ४१-४५ प्रतिशत र वाम गठबन्धनले २५-२९ प्रतिशत मत ल्याएको छ । सन् २०१८ को निर्वाचनमा उनको पार्टी ब्रोदर्स अफ इटालीले कुल मतको ४ दशमलब ३ प्रतिशत मत प्राप्त गरेको थियो ।

चार वर्षपछि उनको पार्टीले २२ दशमलब ५ देखि २६ दशमलब ५ प्रतिशत ल्याएर विजयी हुँदैछ र मेलोनी देशको पहिलो महिला प्रधानमन्त्री बन्दै छिन् । ऊर्जा संकट र उच्च मुद्रास्फीतिबाट सम्भावित मन्दीबाट जोगाउनु मेलोनीका लागि चुनौती हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७