समानुपातिकमा किन र कसरी परे भन्ने बहस बेकार हो : पूर्वमन्त्री बास्कोटा


१० आश्विन २०७९, सोमबार
Gokul Baskota 1

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले समानुपातिक सूचीमा को, किन र कसरी परे भन्ने बहस बेकारको भएको बताएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीभित्र समानुपातिक सूचीलाई लिएर विवाद चलिरहेका बेला उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

‘समानुपातिक सूचीमा को, किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो,’ नेता बास्कोटाले भनेका छन्, ‘यसको मर्म समावेशीता हो । कम-बेसी अपवाद, मुल रुपमा यो डाडुपन्यु टीमको इच्छावेशिता हो ।’

उनले समयमै अपारदर्शी प्रणालीको विकल्प खोज्न आग्रह समेत गरेका छन् । ‘समयमै पार्टीहरुले ३३ प्रतिशत सोझै महिला उम्मेदवार उठाऊ वा अपारदर्शी प्रणालीको विकल्प खोज । हैन भने भैंसीका अघि विरही भाकामा वीन नबजाऊ, मित्रजन !,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७