मेरो प्राथमिकता प्रधानमन्त्री होइन, आर्थिक विकास र समृद्धि : प्रचण्ड


१० आश्विन २०७९, सोमबार
prachanda 9
फाइल फोटो

चितवन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना लागि प्रधानमन्त्री पद प्राथमिकताको विषय नभएको बताएका छन् । दशैंका अवसरमा प्रेस सेन्टर नेपाल चितवन जिल्ला समन्वय समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताको आर्थिक विकास र समृद्धि पहिलो प्राथमिकता भएको बताएका हुन् ।

२०७४ सालको निर्वाचनपछि आफूलाई ५ वर्ष नै प्रधानमन्त्री बन्न प्रस्ताव आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘केही वर्षदेखि म प्रधानमन्त्रीको रेसमा होइन, लोकतन्त्रको रक्षा, राष्ट्रको रक्षा, संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हो । जनताको आर्थिक विकास र समृद्धि मेरो पहिलो प्राथमिकता हो । मैले चाहेको भए २०७४ सालपछि मलाई पाँचै वर्ष प्रधानमन्त्री हुने अफर थियो । त्यो त्यसपछि पनि थियो । त्यसपछि अहिले भर्खर पनि छ तर प्रधानमन्त्री मुख्य होइन ।’

जनताको फैसला सर्वोपरी हुने उल्लेख गर्दै उनले भने, ‘राजनीतिक स्थिरता लोकतन्त्रको सुदृढीकरण आर्थिक विकासको वातावरण बनाउने र त्यसमा आफूलाई समर्पति गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु, फैसला तपाईंहरूको हातमा छ । तपाईंहरूले कस्तो फैसला लिनुहुन्छ म त्यसलाई सम्मान गर्छु । चितवनका जनता धेरै सचेत छन् । उनीहरूको फैसला जहिले पनि अग्रगामी लोकतन्त्र र विकास र समृद्धिका पक्षमा हुन्छ ।’

गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्दा पनि जनताको जुनसुकै फैसला मान्छौं भनेर संविधानसभाको चुनावमा होमिएको उनले बताए । अहिले पनि शान्ति सम्झौता कार्यान्वयनमा केही पक्ष इमान्दार नदेखिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७