अमेरिकी विमानवाहक जहाज दक्षिण कोरिया पुगेको समय उत्तरले हान्यो मिसाइल


१० आश्विन २०७९, सोमबार
Ronald Reagan

काठमाडौं । उत्तर कोरियाले आइतबार आफ्नो पूर्वी तटमा छोटो दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकी विमानवाहक जहाज दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासका लागि सोल पुगेपछि प्योङयाङले यो कदम चालेको हो ।

अमेरिकी आणविक शक्तियुक्त विमानवाहक युएसएस रोनाल्ड रेगन र यसका लडाकुहरू संयुक्त सैन्य अभ्यासका लागि दक्षिण कोरिया पुगेका समय क्षेप्यास्त्र प्रक्षेपण भएको छ । एसियाली प्रायद्वीपमा उत्तर कोरियाको आणविक कार्यक्रमबाट बढ्दो खतरालाई मध्यनजर गर्दै अमेरिका र दक्षिण कोरियाले यी संयुक्त सैन्य अभ्यास गरिरहेका छन् ।

दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफले पश्चिमी सहर तेक्वानबाट प्रहार गरेको उक्त क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटबाट समुन्द्रमा खसेको बताए । उत्तर कोरियाले यो वर्ष आफ्नो मिसाइल परीक्षण गतिविधिलाई तीव्र पारेको छ । २०१७ पछि अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण सहित ३० भन्दा बढी ब्यालेस्टिक मिसाइलहरूको परीक्षण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७