घटस्थापनाको साइत पारेर चितवन शिवनगरको नयाँ घरमा सरे प्रचण्ड {तस्बिरहरु}


१० आश्विन २०७९, सोमबार
prachanda home

चितवन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह प्रवेश गरेका छन् । भरतपुर महानगरपालिका-१४ स्थित शिवनगरमा नयाँ बनाएका हुन् । सोमबार घटस्थापनाको साइत पारेर उनी गृह प्रवेश गरेका हुन् । करिब १० कट्ठा क्षेत्रफलमा कम्पाउण्ड गरेर ढलान गरेको भुँइ तलाको घर बनाएका छन् ।

house prachanda 20220926125321

बाजागाजासहित गृह प्रवेश गरेका हुन् । प्रचण्डसहित उनकी पत्नी सीता दाहाल, छोरीहरु रेनु दाहाल, गंगा दाहाल र पार्टीका नेता कार्यकर्ता थिए । प्रचण्डले आफू गाउँमै फर्किएको बताएका छन् । उनी चुनाव लड्ने चितवन क्षेत्र नम्बर ३ मै घर बनाएका हुन् । यसअघि उनी चितवन आउँदा छोरी भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालको घरमा बस्थे । अब आफ्नै घरमा बसेर राजनैतिक गतिविधि सक्रिय बनाउने छन् ।

prachanda chitwan house 20220926125701

मंसिर ४ मा निर्वाचन नजिकिँदै जाँदा प्रचण्ड चितवन केन्द्रित बन्न थालेका छन् । विगत तीन दिनदेखि उनी चितवनमै रहेका छन् । उनी विभिन्न कार्यक्रममा व्यस्त छन् । मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छ । उनले विकास निर्माणका कामको उद्घाटन र शिलान्याशदेखि पार्टी प्रवेशलाई तीव्र बनाएका छन् ।

prachanda house 20220926125321

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७