नागरिकको संवेदनशील विषयमा प्रहार भयो : गृहमन्त्री खाँण

उम्मेदवार तय नहुँदै गृहमन्त्री खाँणले गरे सम्पर्क कार्यालय उद्घाटन


१० आश्विन २०७९, सोमबार
bal scaled

भैरहवा । गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले जीवनसँग संवेदनशील रहेको विषय नागरिकतामा प्रहार भएको बताएका छन । रुपन्देहीको भैरहवामा आफ्नै सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले जीवन मृत्युको आधारको रुपमा रहेको नागरिकता कुनै बहानामा हामीले रोक्यौ भने त्यो भन्दा ठूलो असम्यता केही नहुने बताए ।

‘जीवनसँग संवेदनशील रहेको विषयमा पनि प्रहार भएको छ । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीककृत समाजवादी लगायत पार्टी एक ढिक्का हुँदा पनि असंवैधानिक कदम चालिएको छ,’ उनले भने । गठबन्धनलाई नेपाली कांग्रेसले बचाएन भने नेपालको संविधान, लोकतन्त्र, जनताको अधिकारमाथि प्रहार हुने भन्दै उनले आगामी निर्वाचनका लागि उम्मेदवार बन्नेको संख्या धेरै देखिनुले कांग्रेस संकटमा छैन भन्ने सन्देश रहेको बताए ।

‘संविधानको पालना सबैले गर्नुपर्छ । सरकारले पनि गर्नु पर्छ हामी सबै पालना गर्न प्रतिबद्ध छौ । देशका अन्य राजनितिक शक्तिहरु पनि प्रतिबद्ध हुनु पर्छ यो लोकतान्तित्रक मूल्यपद्धतिको मूल आधारशीला नै हो । आधारशीलालाई भत्काउने कोशिस भएको छ । प्रतिनिधिसभ र राष्ट्रिय सभाबाट दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले अहिलेको राजनीतिक व्यवस्था र सविधानविपरीत कार्य गरेर लोकतान्त्रिक मूल्यलाई कमजोर बनाइएको छ,’ गृहमन्त्री खाण्ाँले भने ।

उम्मेदवार तय नहुँदै गृहमन्त्री खाँणले गरे सम्पर्क कार्यालय उद्घाटन
रुपन्देहीको निर्वाचन- ३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ ।

bal 1

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । को कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्री समेत रहेका रुपन्देही-३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाँणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर-६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँण रुपन्देही- ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा एकल सिफारिसमा परेका छन् । सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगो नलागेको बताए । रुपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७