नेपाल-भारत सीमामा पर्खाल लगाउनु पर्छ : वामदेव गौतम


१० आश्विन २०७९, सोमबार
bamdev

बर्दिया । वामपन्थी नेता एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपाल-भारत खुला सीमा मुलुकको हितमा नभएको बताएका छन् । उनले दशगजामा विद्युतीय तार नभए पर्खाल लगाउनु पर्ने बताएका छन् ।

०७४ सालको निर्वाचनमा बर्दियाबाट पराजित भएपछि पहिलो पटक बर्दियाको सदरमुकाम गुलरियामा आएका उनले सोमबार यस्तो बताएका हुन् । ‘म प्रधानमन्त्री भएँ भने भारतीय प्रधानमन्त्रीसँग मेरो पहिलो प्रस्ताव नेपाल-भारत सीमामा पर्खाल लगाउने हुनेछ,’ उनले भने, ‘प्रधानमन्त्री हुन्छु वा हुदिनँ तर मेरो प्रस्ताव सीमामा पर्खाल र भिसा लागू गर्नुपर्छ ।’ पर्खाल लगाउँदा आधा-आधा खर्च नेपाल र भारतको हुनुपर्ने गौतमले बताए । जहिले मन लाग्यो आउने र जाने अनि झगडाको बीउ रोप्ने काम बन्द हुनुपर्नेमा उनले जोड दिए ।

उनले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू कहीँबाट पनि नलड्ने बताएका छन् । चुनावमा आफू कहिल्यै पनि बर्दियाबाट नउठ्ने उनको भनाइ छ । म राष्ट्रिय सभा सदस्य छु । मलाई चुनाव लड्ने आवश्यकता छैन,’ गौतमले भने, ‘तर, म बाजुञ्जेल राजनीति गर्छु ।’

०६३ सालको नागरिकता विधेयक घातक भएको र अहिले ल्याइएको विधेयक राष्ट्रघाती नभए पनि त्रुटिपूणर् भएको उनले बताए । ‘विदेशबाट आएकाले त्यही देशको नागरिकता त्याग गरेको प्रमाणपत्रको आधारमा अंगीकृत नागरिकता दिनुपर्छ । तर‚ अंगीकृत नागरिकलाई सांसद, मन्त्रीलगायत कुनै पनि राजनीतिक अधिकार दिन हुन्न ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७