‘सहारा’ टेलिसिरियल बनाउँदै प्रज्ञा जोशी


१० आश्विन २०७९, सोमबार
Pragya joshi

काठमाडौं । प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल सहाराको शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ ।

सिरियलको लेखन तथा निर्देशनको जिम्मेवारी सरोज दाहालले सम्हालेका छन् । ‘सहारा’ एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल रहेको निर्माता जोशीले बताइन् । एउटी विधवा अपांगता भएपछि समाजमा भोग्नुपर्ने मानसिक र शारीरिक पीडा र सहाराको कथा बुनिएकको निर्देशक दाहालले बताए ।

टेलिसिरियलमा निर्मात्री प्रज्ञा जोशीका अलावा आजे सिंह, सरोज दाहाल, पूणर्िमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालको अभिनय हुनेछ । प्रज्ञा फिल्मसको प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायांकन तथा सम्पादन र प्रिया नगरकोटीको शृंगार रहने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७