रुसी विद्यालयमा गोलीकाण्ड : कम्तीमा १५ जनाको मृत्यु


११ आश्विन २०७९, मंगलवार
kazan pakMpyYg2u

मस्को । रुसमा विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । मध्य रसियाको आफ्नो पुरानो विद्यालयमा सोमबार एक व्यक्तिले गोली चलाएको अधिकारीहरूले बताएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आंशिक परिचालनको विरोधमा देशभर प्रदर्शन भइरहेका बेला विद्यालयमा नरसंहार भएको हो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजेभस्क सहरमा भएको ‘अमानवीय आतंकवादी हमला’ भत्र्सना गरेका छन् । गोली हान्ने व्यक्ति नव फासीवादी समूहसँग आवद्ध रहेको बताइएको छ । अन्वेषकहरूका अनुसार आक्रमणकारीले नाजीको प्रतीकसहितको कालो टप लगाएको थियो । सन् १९८८ मा जन्मिएका आक्रमणकारीले सोही विद्यालयबाट स्नातक गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७