इङल्याण्डसँग बराबरीमा रोकियो जर्मनी


११ आश्विन २०७९, मंगलवार
England germany 6WZBXZSq52

काठमाडौं । यूईएफए नेसन्स लिगअन्तर्गत सोमबार राति भएको खेलमा जर्मनी इङल्याण्डसँग ३-३ गोल अन्तरको बराबरीमा रोकिएको छ ।

सोमबारको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५२ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा काइ हार्भटेजले अग्रता दोब्बर पारेका थिए ।

तर, खेलको ७१ औं मिनेटमा ल्युक श, ७५ औं मिनेटमा मासोन माउन्ट र ८३ औं मिनेटमा पेनाल्टीमार्फत इङल्याण्डका लागि गोल गर्दै खेल ३-२ को अवस्थामा पुर्‍याएका थिए ।

खेलको ८७ औं मिनेटमा हार्भटेजले अर्को एक गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यससँगै समूह सीमा जर्मनीले ६ खेलबाट ७ र इङल्याण्डले समान खेलबाट ३ अंक हात पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७